Rule 45
यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरण
(१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो अनुमतिपत्र नवीकरणको लागि सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नवीकरणको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गरी दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र नवीकरण गरिएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।